8 years ago
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आज आइसिसी महिला विश्व टि ट्वान्टी एसिया छनोट सुरु हुँदैछ । पछिल्लो दुई संस्करणको एसिया छनोटको विजेता रहि रहेको थाइल्यान्डसँग यसपटक नेपाल, चीन, हङकङ, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्दैछ ।
आज पहिलो खेलमा रुविन क्षत्रीको कप्तानीमा रहेको नेपालले थाइल्यान्डको सामना गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ । गत वर्ष नेपालले थाइल्यान्डसँगका सबै तीन खेल हारेको थियो ।
प्रतियोगिताका सहभागी सबै टोलीले एक अर्काको सामना गर्नेछन् । राउन्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने दुई टोली नेदरल्यान्ड्समा हुने विश्व महिला टि ट्वान्टीका लागि छनोट हुनेछन् । महिला विश्व टि ट्वान्टीमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा यसअघि नै छनोट भइसकेका छन् ।
थाइल्यान्ड पुग्नुअघि नेपालले बंगलादेशमा तयारी गरको थियो । ४ वटा अभ्यास खेल मध्ये नेपाली टोली पहिलो दुई खेलमा विजयी र पछिल्ला दुई खेलमा पराजित भएको थियो । सामसङ जंग थापाको प्रशिक्षणमा रहेको टोली दुई जना नयाँ खेलाडी लक्ष्मी चौधरी र रोमा थापा छन् ।
नेपाली महिला क्रिकेट टोली
रुबिना क्षेत्री (कप्तान), सीता रानामगर (उप कप्तान), ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, काजोल श्रेष्ठ, सवनम राई
नेपालको खेल
मंसिर ४ – विरुद्ध थाइल्यान्ड
५ मंसिर ५ –विरुद्ध हङकङ
मंसिर ७ – विरुद्ध युएई
मंसिर ८– विरुद्ध मलेसिया
मंसिर १० – विरुद्ध चीन
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]