8 years ago
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – युएईविरुद्धको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि दोस्रो चरणमा २० खेलाडी छनोट भएका छन् । सातौँ चरणको खेलको लागि तीन सदस्यीय छनोट समितिले दोस्रो चरणमा २० खेलाडीको छनोट गरेको हो ।
छनोट चरण नोभेम्वर १६ देखि २० तारिखसम्म कीर्तिपुर क्रिकेट मैदानमा भएको थियो । मेहबुुब आलम र सौरभ खनाल चोटका कारण छनोटबाट बाहिरिएका छन् । छनोट समितिमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेका थिए ।
केही दिनपछि नै १४ सदस्यीय टोली र ४ वैकल्पिक खेलाडी छनोट गरिने पनि छनोट समितिले जनाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल डिभिजन दुई मा घटुवा भइसकेको छ । नेपाल र युएईबीचको खेल डिसेम्वर ८ तारिखमा खेल हुदैछ ।
२० सदस्यीय नेपाली टोली:
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. बसन्त रेग्मी
४. अनिल कुमार शाह
५. विनोद भण्डारी
६. दिलीपनाथ
७. दिपेन्द्रसिंह ऐरी
८. हासिम अन्सारी
९. जितेन्द्र कुमार मुखिया
१०. करन केसी
११. कुशल भुर्तेल
१२. ललित भण्डारी
१३. मोहमद आरिफ शेख
१४. सागर पुन
१५. सन्दिप लामिछाने
१६. शक्ति प्रसाद गौचन
१७. शरद भेषवाकर
१८. सिद्धान्त लोहनी
१९. सोमपाल कामी
२०. सुशिल कंडेल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]