8 years ago
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाले अघिल्ला दुई खेलमा अंक बाढेको नेपालले आइसीसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा आज तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।
यसअघि नेपालले आयोजक थाइल्यान्ड र हङकङसँगको खेलमा अंक बाडेको थियो । आयोजकसँगको खेलका क्रममा वर्षा हुँदा खेल रद्द भएको थियो । हङकङसँगको खेलमा भने टस पनि हुन सकेन । ६ टोली सहभागीता रहेको छनोटमा ४ अंकसहित नेपाल चौथो स्थानमा छ ।
छनोटको शिर्ष दुई स्थानमा रहने टोलीले ग्लोवल क्वालिफायरमा छनोट हुनेछन् । छनोटको सम्भावनालाई जीवित राख्न नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । हङकङ र थाइल्याण्ड समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । २ अंक जोडेको मलेसिया तेस्रो र त्यत्तिनै अंक जोडेको नेपाल चौथो स्थानमा छ । नेपालले चौथो खेलमा भोली मलेसियासँग अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]