8 years ago
November 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी आइसीसी ट्वेन्टिट्वेन्टि एसिया क्षेत्रको छनोटमा नेपाली महिला टोलीले मलेसियालाई ३३ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आफ्नो निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । नेपालका लागि ओपनरद्वय सिता मगर (३७) र ज्योति पाण्डे (२१) ले राम्रो सुरुवात गरेका थिए । काजल श्रेष्ठले १४ रन बनाउँदा अन्य खेलाडिले भने दोहोरो अंक जोड्न सकेनन् ।
जवाफमा मलेसियाले आफ्नो निर्धारित २० ओभरमा केवल ७५ रन बनाउन सक्यो । मलिसियाका लागि एमेलिया एलियानीले सर्वाधिक २४ जोडेकी थिइन् । त्यस्तै नेपालका लागि करुना भण्डारीले ३ विकेट लिएकी थिइन् । सोनु खड्का, सिता मगर, नेरी थापा, रितु कनौजियाले पनि एक-एक विकेट लिएका थिए ।
यस जितसँगै ४ खेलमा नेपालले ४ अंक जोड्न सफल भएको छ । मलेसियाको भने ४ अंकमा केवल २ अंक छ । नेपालले आफ्नो अर्को खेल आइतबार चीनसँग खेल्ने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]