default_image

6 years ago

November 26, 2017

टि–ट्वान्टी विश्वकप छनोट-नेपालले चीनलाई १ सय ३ रनको लक्ष्य दियो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल कमजोर ब्याटिङ गर्दै चीनलाई १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेल कमजोर ब्याटिङ गर्दै चीनलाई १ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा चीनले टस जितेर नेपाललाई ब्याटिङको आमन्त्रण गरेको थियो । नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २ बनाएको थियो । नेपालका लागि तीन खेलाडीले खेलाडीले दोहोरो आँकडामा रन बटुलेका थिए ।

कप्तान रुविना क्षेत्रीले अविजित १८ रन बनाइन् भने रनआउट हुनुअघि काजल श्रेष्ठले १६ रन, र नेरी थापाले ११ रन बनाइन् । रुविनाले २ चौका तथा काजल र नेरी दुवैले समान १ चौका प्रहार गरे । ओपनर ज्योति पाण्डेले ९, सरिता मगरले ८ रन, सिता राना मगरले ४, रितु कनौजिया र इन्दु बर्माले समान ६ रन जोडे । रोमा थापाले ३ रन बनाइन् । करुणा भण्डारीले अविजित २ रन जोडिन् । चीनका लागि झाङले ३ विकेट लिइन् ।
वर्षाका कारण सुरुआती दुई खेलमा अंक बाँडेको नेपालले अर्को खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित भएपछि नेपालको छनोट हुने सम्भावना कमजोर भएको थियो । नेपालले पछिल्लो खेलमा भने मलेसियालाई ३३ रनले हराएको थियो । छनोटको अन्तिम खेलमा कमजोर टोली चीनलाई हराएपनि नेपालले छनोट हुनका लागि अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
४ खेलमा नेपालको ४ अंक छ भने चीन अंकविहिन रहँदै पुछारमा छ । ७ अंकसहित थाइल्यान्ड शीर्षस्थानमा छ भने दोस्रो स्थानको युएईको ६ अंक छ । हङकङ ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा रहेको छ । आयोजक थाइल्याण्ड र हङकङ तथा मलेसिया र युएईबीचको खेल आफु अनुकुल नतिजा आए मात्र नेपाल अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ ।

नेपालले चीनलाई पराजित गरेर थाइल्याण्डले हङकङ र मलेसियाले युएईलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा पुग्नेछ । त्यस्तो नतिजा नआएमा नेपाल अन्तिम खेलमा विजयी भएपनि प्रतियोगिताबाट बाहिरिनेछ । छनोटमा शीर्ष दुईमा रहने टोली नेदरल्याण्डमा हुने ग्लोबल छनोट खेल्नेछन् । ग्लोबल छनोटका शीर्र्ष दुई टोलीले अर्को वर्ष वेष्ट इन्डिजमा हुने महिला टि–ट्वान्टी विश्वकपमा भाग लिने छ ।

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

Success

Thank you for your time.