8 years ago
November 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आइसीसी महिला टि ट्वान्टी विश्व कप क्रिकेट एसिया छनोटको तेस्रो स्थानको प्ले अफमा हङकङलाई ९५ रनको लक्ष्य दिएको छ ।
थाइल्यान्डमा जारी प्रतियोगितामा राउन्ड रोविन लिगमा छनोटबाट बाहिरिएका तेस्रो स्थानमा रहेको नेपाल र चौथो स्थानको हङकङबीच प्ले अफमा भइरहेको छ । उपाधिका लागि भने शीर्षस्थान रहँदै ग्लोबल छनोटमा पुगेका आयोजक थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ९४ रन बनाएको हो । आज पनि नेपालको सुरुआत खराब रह्यो । ओपन ज्योति पाण्डे र सिता राना मगर सस्तैमा पेभेलियन फर्किए भने त्यसपछि काजोल श्रेष्ठ र नेरी थापाले इनिङ सम्हालेका थिए ।
नेरीले टोलीका लागि सर्वाधिक ३८ रन जोडिन् । नेरीले काजोलसँग तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरेकी थिइन् । नेरीले ३४ बलमा ५ चौका प्रहार गरिन् । काजोलले १२ रन बनाइन् । त्यस्तै कप्तान रुविना क्षेत्री र करुना भण्डारीले छैटौं विकेटका लागि २२ रनको साझेदारी गरे । रुविना १५ र करुणा १४ रनमा अविजित रहिन् ।
रुविनाले १० बलमा २ चौका प्रहार गरेकी थिइन् । थाइल्यान्डका लागि एम हिम र एमबिए लाम्पलोङले समान २ र चान साउ हारले १ विकेट लिइन् । यो समाचार तयार पार्दा सम्म हङकङले ६.२ ओभरमा २ विकेटको क्षतिमा १५ रन जोडेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]