8 years ago
November 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लुसीएलसी) का अन्तिम दुई खेल खेल्न नेपाली क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको टोली इत्तिहाद विमानबाट आज दिउँसो ४ः३० बजे अबुधावी उडेकोे हो ।
टोलीमा प्रमुख प्रशिक्षक जगत टमाटा र व्यवस्थापक रमण सिवाकोटी पनि छन् । डब्लुसीएलसी अन्तरगत सातौं चरणको खेलमा नेपालले यूएईविरुद्ध मंसिर २० र २२ गते दुई वटा खेल खेल्नेछ । विश्वकप क्रिकेटमा छनोट हुने सिधा बाटो समाप्त भईसकेका दुई टोलीबीच प्रतिष्ठाको लडाईंमात्र हुनेछ । नेपाल र युएई अन्तिम खेलअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् ।
यूएईविरुद्ध खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ । नेपालले शुक्रबार अमेरिका र आइतबार केन्यासँग अभ्यास खेल खेल्नेछ । १४ सदस्यी राष्ट्रिय टोलीमा पर्न असफल अनिलकुमार साह र कुशल भुर्तेलले अभ्यास खेलमा भने मौका पाउने सम्भावना छ । वैकल्पिक खेलाडीका रुपमा रहेका अनिल र कुशल पनि टोलीसँगै अबुधावी उडेका छन् ।
टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल (उप कप्तान) , शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, ललित भण्डारी र दिलिप नाथ छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]