8 years ago
December 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितको लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।
लिग अन्तर्गतको तेस्रो दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाउन सक्यो । पोखराका लागि राजेश पुलामी मगरले सर्वाधिक ३० रनको योगदान दिए ।
ओपनर इसरुल्लाह २१ रनमा कप्तान पारस खड्काको बलमा एलबिडब्लुको शिकार भए । ओपनर सुनिल धमला १८ रनमा आाउट भए । त्यस्तै ताज वाली १८ र सौरभ खानल १६ रनमा नटआउट रहे । उनीहरुले सातौं विकेटको लागि ३३ रनको साझेदारी गर्दै इनिङेस उकासेका थिए ।
शक्ति गौचन ५ र विनोद भण्डारी ४ रनमा आउट हुँदा आसिफ अली १ रनमा पभेलियन फर्किए । विराटनगरका कप्तान पारस खड्काले ३ विकेट लिए । यसैगरी वसन्त रेग्मी, अविनास कर्ण र रामनरेश गिरीले समान १ विकेट लिए ।
विराटनगरले केही बेरमा ब्याटिङ थाल्नेछ । दुवै टिमले मंगलबार जित हात पारेका थिए । पोखराले चितवन टाइगर्समाथि १० विकेटको शानदार जित दर्ता गर्दा विराटनगरले ललितपुर प्याट्रियट्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गर्न सफल भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]