8 years ago
December 20, 2017
कटक (एजेन्सी) – भारतले श्रीलंकालाई तीन खेलको टि-२० सिरीजको पहिलो खेलमा ९३ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतको जितमा ब्याटिङतर्फ लोकेस राहुल र बलिङतर्फ युज्भेन्द्र चहल नायक रहे ।
निर्धारित २० ओभरमा १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका १५.६ ओभरमा ८७ रन बनाउँदै अल-आउट हुन पुग्यो । श्रीलंकाका लागि ओपनर उपुल थरंगाले सर्वाधिक २३ रनको पारी खेलका थिए ।
त्यस्तै भारतका लागि चहलले ४ विकेट लिँदै श्रीलंकाको ब्याटिङलाई धराशायी पारेका थिए । हार्दिक पाण्डेयाले ३ तथा कुल्दिप यादवले २ विकेट हात पारेका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । राहुलले ४८ बलको सामना गर्दै ६१ रन जोडेका थिए ।
त्यस्तै महेन्द्र सिहं धोनीले ३९ तथा मनिस पाण्डेले अवजित रहेर ३२ रन जोडेका थिए । रोहित शर्माले १७ तथा श्रेयस ऐयरले पनि २४ रनको योग्दान दिएका थिए ।
यस जितसँगै भारतले तीन खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार खेलिने छ भने तेस्रो खेल आइतबार खेलिने छ । यस अघि श्रीलंकाले एक दिवसीय सिरिज गुमाइसकेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]