default_image

8 years ago

December 21, 2017

भैरहवालाई जितका लागि १ सय ४२ रनको लक्ष्य , योगेशको अर्धशतक

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्ल्याडिएटर्सलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको छ ।

Yogesh

तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पार्यो । ललितपुरका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३३ बल खेलेका नागरले ७ चौकार १ छक्का प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ४२ रनमा आउट भए । मल्लले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे । जयकिसन कोल्सावाला १४ रनमा दिपेश श्रेष्ठको बलमा बोल्ड भए । सोनु तामाङ ५ रनमा नटआउट रहे । ओपनर पवन सर्राफ १ रनमा दिपेशकै बलमा शरद भेषवाकरबाट क्याच आउट भए । राजवीर सिंह ८ रनमा आउट भए भने कुशल भुर्तेल ४ तथा मेहबुब आलमा २ रनमा आउट भए ।

ललितपुरले आफ्नो पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर वारियर्ससँग ६ रनले पराजित भएको थियो । यता भैरहवाले पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई नै ७ विकेटले पराजित गरेको थियो ।

भैरहवाका दिपेश श्रेष्ठ र आरिफ शेखले समान ३ विकेट लिए । पुनित मेहराले २ तथा कप्तान शरद भेषवाकारले १ विकेट लिए । भैरहवाले केहीबेरमा ब्याटिङ गर्नेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.