default_image

8 years ago

December 21, 2017

इपिएलमा भैरहवाको लगातार दोस्रो जित, ललितपुर ४ विकेटले पराजित

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियर्टर्सले दोस्रो जित दर्ता गरेको छ ।

बिहिबार भएको खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडिएटर्सले लिगमा दोस्रो जित हात पारेको हो । भैरहवाले पहिलो खेलमा काठमाडौंलाई ७ विकेटले पराजित गरेको थियो । ललितपुरले दिएको १ सय ४२ रनको लक्ष्य भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

भैरहवाका लागि मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेलले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई जित तर्फ डोर्‍याएका थिए । जितका लागि १ बलमा १ रन चाहिएको अवस्थामा कृष्ण थापाले चौका प्रहार गर्दै जित दिलाए । रोहित ११ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भएका थिए । भैरहवाका लागि पुनित विष्ट र आरिफ शेखले पाँचौ विकेटका लागि ५९ रनको साझेदारी गर्दै टिमलाई जितको आधार बनाएका  थिए।

भैरहवाका पुनित विष्टले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा आरिफ २७ रमा नटआउट रहे । यस्तै कप्तान शरद भेषवाकार १३ रनमा आउट भए । हरिशंकर शाह १० रनमा आउट भए भने प्रदीप ऐरी १ रनमा आउट भए । ललितपुरका लागि भारतीय बलर योगेश नागरले २ विकेट लिँदा सुवोध भाटी, सन्दिप लामिछानेले समान १ विकेट लिए ।

Yogesh

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रियट्सले योगेश नागरको ५४ रनको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनको योगफल तयार पारेको थियो । ३३ बल खेलेका नागरले ७ चौका र १ छक्का हिर्काएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२ रनमा आउट भएका थिए । कप्तान मल्लले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै जयकिसन कोल्सावाला १४ रनमा दिपेश श्रेष्ठको बलमा बोल्ड आउट भएका थिए भने सोनु तामाङ ५ रनमा नटआउट रहे । ओपनर पवन सर्राफ १ रनमा दिपेशकै बलमा शरद भेषवाकरबाट क्याच आउट भएका थिए ।

राजवीर सिंह ८ रनमा, कुशल भुर्तेल ४ रनमा तथा मेहबुब आलमा २ रनमा आउट भए । भैरहवाका दिपेश श्रेष्ठ र आरिफ शेखले समान ३ विकेट लिए । पुनित मेहराले २ तथा कप्तान शरद भेषवाकारले १ विकेट लिए ।

ललितपुरले आफ्नो पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा विराटनगर वारियर्ससँग ६ रनले पराजित भएको थियो । यता भैरहवाले पहिलो खेलमा काठमाडौं किङ्स इलाभेनलाई नै ७ विकेटले पराजित गरेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.