8 years ago
December 21, 2017
चितवन टाइगर्स ३ विकेटले पराजित
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं किङ्स इलाभेन टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकमा पहिलो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको काठमाडौं किङ्सले आज चितवन टाइगर्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
काठमाडौं पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडियटर्ससँग पराजित भएको थियो । चितवनले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा ग¥यो । काठमाडौंका लागि कप्तान फरवेज महारुफले ३९ रन बनाए ।
ओपनर अमित श्रेष्ठले ३८ रनमा आउट भए । सागर कुमार २३ रनमा आउट भए । सिद्धान्त लोहनी १२ रनमा रन आउट भए । ओपनर सागर पुन ५, राजु रिजाल ४ रन र सोमपाल कामी २ रन जोडे । अमरसिंह राउटेला ५ र अक्षु फर्नान्डो ४ रनमा अविजित रहे । चितवनका प्रविन गुप्ताले २ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरी, साहव आलम र प्रविन कुमारले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । चितवनका लागि ओपनर दीलिप नाथले सर्वाधिक ४६ रनको बनाए । सावेज खान २७ रनमा आउट भए । योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । कमल सिंह ऐरी १२ तथा प्रमेश कुमार ९ रनमा नटआउट रहे । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए ।
सन्दिप सुनार ५ तथा अनिल मण्डल २ रनमा आउट भए । काठमाडौंका कप्तान फरवेज महारुफले ३ विकेट लिए । सोमपाल कामी, सागर पुन, अमरसिंह राउटेला र विक्रम भुसालले विकेट लिए । काठमाडौंका परवेज म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्र्तगत शुक्रबार २ खेल हुनेछन् । पहिलो खेलमा पोखरा राइनोज र काठमाडौं किङ्स इलाभेन तथा अर्को खेलमा खेलमा चितवन टाइगर्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]