default_image

8 years ago

December 22, 2017

पोखरालाई ९९ रनको विजयी लक्ष्य

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलाभेनले पोखरा राइनोजलाई ९९ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो । 

काठमाडौंका लागि ओपनर सागर पुनले सर्वाधिक ३६ रन बनाए । राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । अघिल्लो खेलमा राम्रो खेलेका ओपनर अमित श्रेष्ठ पहिलो बलमा गोल्डेन डकआउट भए ।

कप्तान परवेज महरुफ पनि शुन्य रनमा आउट भए । अक्षु फर्नान्डो ७ र अमरसिंह राउटेल ६ रनमा आउट भए । सिद्धान्त लोहनी ४ रनमा आउट भए । पोखरा राइनोजका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान २ विकेट लिए । ताज वाली र इसरुल्लाहले समान १ विकेट लिए ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.