default_image

6 years ago

December 22, 2017

काठमाडौं पोखरासँग पराजित, प्ले अफको सम्भावना कठिन

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले आफ्नो दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै पोखराले लिगमा दोस्रो जित दर्ता गर्‍यो । दोस्रो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो । काठमाडौंको भने चौथो खेलमा यो तेस्रो हार हो । […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले आफ्नो दोस्रो जित दर्ता गरेको छ ।


शुक्रबार भएको खेलमा काठमाडौं किङ्स इलेभेनलाई ६ विकेटले पराजित गर्दै पोखराले लिगमा दोस्रो जित दर्ता गर्‍यो । दोस्रो खेलमा पोखरा विराटनगरसँग पराजित भएको थियो । काठमाडौंको भने चौथो खेलमा यो तेस्रो हार हो ।

काठमाडौंले बिहिबार चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो । काठमाडौं पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवा ग्ल्याडिएटर्ससँग समान ७ विकेटले पराजित भएको थियो । तेस्रो हारसँगै काठमाडौंको प्ले अफमा पुग्ने सम्भावना झिनो बनेको छ ।

काठमाडौंले दिएको ९९ रनको लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । कप्तान शक्ति गौचन १८ रनमा नटआउट रहे । कप्तान गौचनले १८ बलमा ३ चौका प्रहार गरेका थिए । इसरारुलाह र कप्तान शक्ति गौचनले पाचौं विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए ।

त्यस्तै सुनिल धमला २० रनमा आउट भए भने राजेश पुलामी ८ रनमा आउट भए । विनोद भण्डारी ४ रनमा विक्रम भुसालको बलमा सोमपाल कामीबाट क्याच आउट भए भने आसिफ अली ३ रनमा आउट भएका थिए । काठमाडौंका लागि सागर पुनले २ तथा विक्रम भुषालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।काठमाडौंका लागि ओपनर सागर पुनले सर्वाधिक ३६ रन बनाए । राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् ।

अघिल्लो खेलमा राम्रो खेलेका ओपनर अमित श्रेष्ठ गोल्डेन डकआउट भए । कप्तान फरवेज महारुफ पनि शुन्य रनमा आउट भए । अक्षु फर्नान्डो ७ र अमरसिंह राउटेल ६ रनमा आउट भए भने सिद्धान्त लोहनी ४ रनमा आउट भएका थिए । पोखरा राइनोजका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान २ विकेट लिए । ताज वाली र इसरारुलाहले समान १ विकेट लिएका थिए ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.