8 years ago
December 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बाबार हायातले प्रतियोगिताकै छिटो अर्धशतक पुरा गरेपछि विराटनगर वारियर्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य दिएको छ । टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले बनाएको यो प्रतियोगिताको सर्वाधिक रन हो । यसअघि विराटनगरले नै ललितपुरविरुद्ध १ सय ५० रन बनाएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रनको विशाल योगफल तयार पार्यो । २५ बलमा अर्धशतक पुरा बाबारले ४२ बलमा ५ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । ओपनर आसिफ शेखलाई २१ रनमा गुमाएको विराटनगरका लागि बाबार हायात र अन्सुमान रथले दोस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । अन्सुमान ४१ रनमा आउट भए । त्यस्तै कप्तान पारस खड्का १६ रनमा आउट भए । प्रनित थापामगर २ रन, अनिल कुमार शाह र पुष्प थापा शुन्य रनमा आउट भए ।
प्रविन गुप्ताले ५ विकेट लिए । विराटनगरको ५ विकेट लिएसँगै प्रविन इसराउल्लाहसँगै प्रतियोगितामा सबैभन्दा धेरै ७ विकेट लिनेको संयुक्त रुपमा शीर्ष स्थानमा छन् । प्रमेश कुमारले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
चितवनले केही बेरमा ब्याटिङ थाल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]