8 years ago
December 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित निकाल्दै विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ ।
इपिएल अन्र्तगत शुक्रबार भएको खेलमा चितवन टाइगर्सलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले प्ले अफमा स्थान बनाएको हो । विराटनगरले पहिलो खेलमा ललितपुरलाई ६ रनले तथा दोस्रो खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गरेको थियो ।
विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको चितवन टाइगर्स १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । चितवनका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले सर्वाधिक २४ रन बनाए । ओेपनर सन्दिप सुनार १६ रनमा आउट भए । कमल सिंह ऐरी १३ तथा सावेज १२ रनमा आउट भए । प्रविन गुप्ता १३ रनमा नटआउट रहे । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रनमा आउट भए । योगेन्द्रसिंह कार्की ८ रनमा आउट भए । प्रमेश कुमार ४ रनमा रनआउट भए । ललितसिंह भण्डारी शुन्य रनमा आउट भए ।
चितवनलाई सस्तैमा समेट्न विराटनगरका बसन्त रेग्मी एक्लैले ४ विकेट लिए । अविनास कर्णले २ तथा अंशुमन रथ, अविनास कर्ण र पुष्प थापाले ले विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबार हायातको विस्फोटक ब्याटिङ मद्दतमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । जुन प्रतियोगिताकै सर्वाधिक रन हो । यसअघि विराटनगरले नै ललितपुरविरुद्ध १ सय ५० रन बनाएको थियो ।
बाबारले प्रतियोगिताकै छिटो अर्धशतक पुरा गरेका बाबारले २५ बलमा अर्धशतक पुरा गरेका थिए । बाबारले ४२ बलमा ५ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । विकेटको रुपमा ओपनर आसिफ शेखलाई २१ रनमा गुमाएको विराटनगरका लागि बाबार हायात र अन्सुमान रथले दोस्रो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । अन्सुमान रथ ४१ रनमा आउट भए । पारस खड्का १६ रनमा आउट भए । प्रनित थापामगर २ रन, अनिल कुमार शाह र पुष्प थापा शुन्य रनमा आउट भए ।
प्रविन गुप्ताले ५ विकेट लिए । विराटनगरको ५ विकेट लिएसँगै प्रविन इसराउल्लाहसँगै प्रतियोगितामा सबैभन्दा धेरै ७ विकेट लिनेको संयुक्त रुपमा शीर्ष स्थानमा छ । प्रमेश कुमारले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।
प्रतियोगितामा शनिबार विराटनगर र भैरहवा तथा ललितपुर र चितवन टाइगर्सबीच खेल हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]