इन्दोर (एजेन्सी) – श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा पहिलो ब्याटिङ गर्दै भारतले विशाल योगफल तयार पारेपनि कीर्तिमान रच्न चुकेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६० रन बनाएको हो । सन् २०१६ मा अस्ट्रेलियाले श्रीलंका विरुद्ध बनाएको २ सय ६३ रन टि ट्वान्टीको सर्वाधिक रन हो ।
भारतको विशाल योगफलमा कप्तान रोहित शर्माले १ सय १४ रन बनाए भने के एल राहुल ८९ रन बनाउँदै आउट भए । रोहितले ३५ बलमा शतक पुरा गरेका हुन् । टि ट्वान्टी क्रिकेटमा यो छिटो शतक हो , जुन दक्षिण अफ्रिकाका डेभिड मिलरसँग बराबरी हो ।
विष्फोटक ब्याटिङ गरेका रोहितले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । उनि १ सय १८ रन बनाउँदै दुश्मन्था चमिराको बलमा आउट भए । त्यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीले २८ रन बनाए भने हार्दिक पाण्डेयाले ३ बलमा १० रन बनाउँदै आउट भए ।
श्रीलंकाका लागि थिसारा परेरा र नुवान प्रदिपले २ विकेट लिए । भारत १९ ओभरको अन्त्यमा २ सय ५३ रनमा थियो भने अन्तिम ओभरमा ७ रन थप्न सफल भयो । यो टि ट्वान्टी क्रिकेटमा दोस्रो ठूलो स्कोर हो , जुन श्रीलंकासँग बराबर हो । यसअघि श्रीलंकाले केन्या विरुद्ध २००७ मा २ सय ६० रन बनाएको थियो ।