8 years ago
January 10, 2018
लाहोर (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।
ब्याटिङमा खराब सुरुआतको बावजुद नेपालका मिडल अर्डरले पारी सम्हाल्दै सम्मानजनक स्कोर बनाएका थिए । तर, दोस्रो इनिङ्समा बलरले सुरुआती लयलाई निरन्तरता दिन नसक्दा नेपाल हार्न पुगेको हो ।
टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । महमुद रशिदले अविजित ६० रनको पारी खेल्दै बंगलादेशलाई जित दिलाएका थिए । उनी ‘म्यान अफ द म्याच’समेत घोषित भए ।
रशिदले असिकर रहमानसँग छैटौँ विकेटको लागि ९१ रनको बलियो साझेदारी गर्दै बंगलादेशको जितको आधार तय गरेका थिए । दुर्गादत्त पौडेलको बलमा बोल्ड आउट हुनुअघि रहमानले ४५ रनको महत्वपुर्ण योगदान दिए । बंगलादेशको २०.२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रशिदले पारी सम्हालेका थिए ।
नेपालका बलरले उत्कृष्ट सुरुआत गरे पनि सो लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट फुस्किएको थियो । अब्दुल मल्लीकले ३८ रन र अब्दुल्लाह जोब्बीरले २६ रनको योगदान दिएका थिए । उसका ओपनर अरिफ उल्लाहलाई ४ रनमै नेपालका बलर खिमानन्द गैरले आउट गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।
चौथो ओभरमा बंगलादेशका कप्तान तान्जिलुर रहमान ६ रनमा आउट भएका थिए । तर, त्यसपछिका बंगलादेशी ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरे । नेपालको बलिङमा भरत थापाले २ तथा दुर्गादत्त, खिमानन्द गैरे र कप्तान किर्तन श्रेष्ठले १–१ विकेट निकाले पनि जित दिलाउन सकेनन् । नेपालका बलरले ३३ अतिरिक्त रन खर्चिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ३४ रनको योगफल तयार पारेको थियो । खराब सुरुआत गरेको नेपालले सम्हालिन नपाउँदै लगातार विकेट गुमाएको थियो । एक समय नेपालको खातामा ७२ रन हुँदा ६ विकेट गुमिसकेको थियो ।
तर, सातौँ विकेटका लागि खिमानन्द र कप्तान किर्तनले १ सय ९ रनको बलियो साझेदारी गर्दै नेपालको पारी उकासेका थिए । हिट द विकेट हुनुअघि खिमानन्दले ३४ रन बटुलेका थिए ।
३७ ओभरमा ३ चौकाको मद्दतले ६६ रन बनाएका किर्तन आउट भएका थिए । आक्रमक ब्याटिङ गरेका पदम बडेला पनि ३० रनमा रन आउटको शिकार भएपछि रनरेटमा खस्किएको थियो ।
बंगलादेशको बलिङमा खुर्सिद आलमले ३ विकेट लिएका थिए । अरिफ उल्लाहले २ तथा तान्जिलुर रहमानले १ विकेट लिए । नेपालले अब १३ जनवरीमा श्रीलंकासँग दुबईको अजमानमा तेस्रो खेल खेल्नेछ ।
राउन्ड रोविन लिगको आधारमा हुने विश्वकपमा लगातार दोस्रो हारसँग नेपालको सेमिफाइनलमा यात्रा कठिन भएको छ । बंगलादेशले २ खेलमा १ जित निकाल्दै अन्तिम ४ भित्र पर्ने सम्भावना बलियो बनाएको छ । लिगमा भारत र पाकिस्तानले २ जित निकालि सकेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]