8 years ago
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्सको दुबई पुगेको नेपाली टोलीलाई त्यहाँ रहेका नेपालीले स्वागत गरेका छन् । विश्व कप पाकिस्तान र दुबईमा संयुक्त रुपमा आयोजना भइरहेको छ ।
एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबको आयोजनामा बिहिबार पाकिस्तानबाट दुबई आइपुगेका नेपाल टोलीलाई स्वागत गरिएको हो । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको नेतृत्वमा रहेको २२ सदस्यीय नेपाली टोलीलाई युएईमा रोजगारीका लागि रहेका नेपालीले स्वागत गरेका थिए ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोट्र्स क्लबका सल्लाहकार मनोज गोर्खाली, महासचिव पुर्णभक्त लामा र क्लबका टेक्निकल डाइरेक्टर रवि शाही, ,क्लबका मुस्लीम स्पाट्र्स संयोजक सकिल अलि, एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासैनी, केन्द्रीय सदस्य महमद समीम खान, नेपाली समाज युएईका उपाध्यक्ष नौमान सिद्दिकी, स्पोट्र्स को–अर्डिनेटर पर्शुराम घिमिरे, अन्तर्राष्ट्रिय नेपाली समाज युएईका संयोजक उत्तम अधिकारी, प्रवाशी नेपाली एकता समाज मध्यपूर्वका संयोजक तोयनाथ लम्साल, महासचिव दीपसन प्रसाइँ, समाजसेवी प्रकाश सुनुवार र विभिन्न संघसस्थाका प्रतिनिधीले स्वागत गरेका थिए ।
नेपाली टोलीको स्वागत गर्दै कार्यक्रम संयोजक रवि शाहीले आफ्नो भुमि जस्तै उचो हौसलाले खेल्न शुभकामना दिए । उनले भने ‘हामी सबै नेपाली खेलमा हौसला बढाउन उपस्थित हुनेछौँ । राम्रो खेल्दै विजयी हुन मेरो शुभकामना छ ।’
संघका अध्यक्ष पवन घिमिरेले टोलीको हौसलाका लागि सबै नेपालीले देखाएको मातृप्रेम अमुल्य रहेको बताए । कुल २२ सदस्यीय नेत्रहीन नेपाली क्रिकेट टिमले पाकिस्तानमा विश्वकपको २ खेल खेलेर युएई आएको हो । नेपालले पाकिस्तानमा पहिलो खेल घरेलु टोली र दोस्रो बंगलादेशसँग पराजित भएको थियो ।
शनिबार नेपाली टोलीले श्रीलंकासँग दुबईको अजमानस्थित अजमान ओभल क्रिकेट स्टेडियममा खेल्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा डिफेन्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]