8 years ago
January 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल टोली नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा आज भारतसँग पराजित भएको छ । आइतबार दुबईको अजमानमा भएको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको हो । अजमानस्थित इडनगार्डेन क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य भारतले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याएको भारतका लागि अनिल घरियाले ५४ रनको अर्धशतकीय पारी खेले । अनिलले २९ बलमा ६ चौका प्रहार गरे । महेन्दर भिस्नभले ४० रन र रामबीर सिंहले ३८ रनको अविजित पारी खेले ।रामबीरले ३८ बलमा ५ चौका प्रहार गरे । भारतको खातामा ३० रन हुँदा ओपनर दुर्गा राउ आउट भए पनि अनील र महेन्दरले पारी सम्हालेका थिए ।
नेपालको बलिङमा सुर्य भट्टराई र भरत थापाले समान १ विकेट लिए ।भरतले ३ ओभर बलिङ गर्दा २५ रन खर्चिए । ५ ओभर बलिङ गरेका सुर्य निकै महंगा साबित हँदा ५८ रन खर्चिए । अन्य बलरले थप विकेट लिन नसक्दा भारतले सहज जित निकाल्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७.५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रनको मध्यम स्कोर खडा ग¥यो ।
मध्यम सुरुआत गरेको नेपालको खातामा ३३ रन हुँदा रमेश बानियाँ १४ रनमा आउट भए । अर्का ओपनर सुनील राना १७ रनमा एलबी डब्लुको शिकार भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील क्षेत्री र सुर्य भट्टराई सस्तैमा पभेलियन फर्किएपछि नेपालको पारी धरासायी बन्यो । सुर्य र सुनील आउट हुँदा नेपालको खातामा ४८ रन मात्र थियो ।
त्यसपछि ब्याटिङमा आएका पदम बडेला २४ रनमा रिटायर्ट हर्ट हुँदै पभेलियन फर्किए । यद्यपि,भरत थापाले ३५ रन बनाउँदै नेपालको पारी उकासेका थिए । कप्तान किर्तन श्रेष्ठले ११ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
चौथो खेलमा पनि नेपाली ब्याट्सम्यानबीच तालमेल नहुँदा नेपालले ४ विकेट रनआउटको रुपमा गुमाएको थियो । भारतीय फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाललाई रन बटुल्नबाट रोकेका थिए । भारतको बलिङमा प्रकास जयरमैयाँले २ तथा जफर एकबाल, प्रेम कुमार, रामबीर र अजय कुमारले १–१ विकेट निकाले ।
नेपालले अब लिगको अन्तिम खेल सोमबार अस्ट्रेलियासँग खेल्नेछ । सो खेलमा जित निकाल्दै नेपाल विश्वकपमा सान्त्वना अन्त्य गर्ने लक्ष्यमा रहेको छ । विश्वकपको अन्तिम ४ मा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पुग्दा नेपाल र अस्ट्रेलिया लिग चरणबाटै बाहिरिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]