default_image

8 years ago

January 15, 2018

विश्वकप छनोटको खेल तालिका सार्वजनिक

131 views

0 Bookmark

दुवई (एजेन्सी) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आईसीसीले सोमबार सन् २०१९ मा हुने विश्वकप क्रिकेटको लागि यहि बर्ष हुने छनोट खेलको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार छनोट प्रतियोगिता मार्च १ तारिखदेखि २५ मार्चसम्म हुनेछ । छनोट खेलको समूह ‘ए’ मा वेष्ट इण्डिजसँगै आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन् । यो समुहमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को विजेता रहने छ । समूह ‘बी’ मा अफगानिस्तान, जिम्बावे, स्कटल्याण्ड र हङकङ रहेका छन् । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता रहनेछ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ नामिवियामा आगमी यह फेब्रुअरी ८ देखि १५ तारिखसम्म हुँदैछ । डिभिजन २ मा आयोजक नामिवियासँगै नेपाल, युएई, केन्या, ओमन र क्यानाडा रहेका छन् ।

नेपाल, नामिविया, केन्या र युएई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट घटुवा हुँदै डिभिजन २ मा झरेका हुन् । क्यानाडा र ओमन भने डिभिजन ३ को विजेता र उपविजेता बन्दै डिभिजन २ मा उक्लिएका हुन् । नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.