8 years ago
January 16, 2018
हेमिल्टन (एजेन्सी) – न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले चौथो एक दिवसिय खेलमा पनि पराजय बेहोरेको छ। हेमिल्टन क्रिकेट मैदानमा २६३ रनको मध्यम लक्ष्य पछ्याएको न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो। जितसंगै पाँच एक दिवसिय शृंखलामा घरेलु टोलीले ४–०को अग्रता लिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २६२ रनको योगफल तयार पारेको थियो। ४ खेलाडीले अर्धशतक प्रहार गरेको पाकिस्तानको लागि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पाकिस्तानका लागि ज़मानले ५४, सोहिलले ५०, अहमदले ५२ तथा हाफिजले सर्वाधिक ८१ रनको योगदान दिए। न्युजिल्याण्डका लागि साउथीले सर्वाधिक ३ विकेट लिए।
२६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ् गर्न आएको घरेलु टोलीले ४५.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। न्युजिल्याण्डको लागि ग्राण्डहोमले ४५ बलमा सर्वाधिक ७४ रनको योगदान दिए भने मुन्रोले ५६ र निकोल्सले ५२ रनको योगदान दिए। ग्राण्डहोमको करियरकै यो उत्कृष्ट पारी हो । पाकिस्तानका लागि सादाब खानले ३ विकेट लिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]