8 years ago
January 16, 2018
सेन्चुरियन (एजेन्सी) – दक्षिण अफ्रिकासँगको दोस्रो टेस्टमा खेल भावना विपरित व्यवहार गरेका भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली आईसिसीको कारबाहीमा परेका छन् ।
खेलका अम्पायर मिकेल गौफ प्रतिको व्यवहारका कारण कोहली कारबाहीमा परेका हुन् । दक्षिण अफ्रिकाको दोस्रो इनिङ्सको २५ औं ओभरमा बल भिजेको भनेर निरन्तर गौफलाई गुनासो गर्दा पनि सुनवाई नभएपछि उनले आक्रामक रुपमा बललाई मैदानमा बजारेका थिए ।
कोहलीले गल्ती स्वीकारेपछि उनी लेभल १ को कारबाहीमा परेका हुन् । उनले म्याच फीको २५ प्रतिशत तिर्नुपर्ने आइसिसी जनाएको छ । कोहलीले १ ‘डिमेरिट प्वाइन्ट’ पनि पाएका छन् । भर्खरै लागु गरिएको नियम अनुसार २४ महिनाको अन्तरालमा ४ अंक पाएमा १ टेस्ट वा २ एक दिवशसिय खेलमा निलम्बनमा पर्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]