8 years ago
January 17, 2018
सेन्चुरियन (एजेन्सी) – भारत दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा पराजित भएको छ । ३ टेस्टको सिरिजमा भारत पहिलो टेस्टमा पनि पराजित भएको थियो त्यसैले यस हारसँगै भारतले सिरिज पनि गुमाएको छ ।
२ सय ८७ रनको लक्ष्य पछ्याएको भारत १ सय ५१ रनमै अलआउट भएपछि भारत पराजित हुने पुग्यो । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि पहिलो टेष्ट खेलिरहेका लुङ्गी एन्गिडिले ६ विकेट लिएका थिए । त्यस्तै कागिसो राबाडाले पनि ३ विकेट लिएका थिए ।
भारतका लागि रोहित शर्माले ४७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान भने क्रिजमा धेरै टिक्न सकेनन् । मोहम्मद शमीले २८ रनको योग्दान दिएका थिए भने चितेश्वर पुजारा र पार्थिव पटेलले समान १९ रनको योग्दान दिए । कप्तान विराट कोहली ५ रनमा आउट भएका थिए ।
दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ३ सय ३५ रन बनाएको थियो भने जवाफमा भारत ३०७ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा भने कोहलीले १ सय ५३ रनको शानदार पारी खेलेका थिए ।
पहिलो इनिङ्समा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा २ सय ५८ रन बनाउँदै २ सय ८७ रनको चुनौती भारत समक्ष प्रस्तुत गरेको थियो । तेस्रो तथा अन्तिम टेष्ट अर्को बुधबार २४ जनवरी देखि सुरु हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]