default_image

8 years ago

January 17, 2018

क्रिकेट कार्निभलको तयारी पूरा

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलोपटक नेपालमा आयोजना हुन गइरहेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीबीच प्रदर्शनी खेल समेत हुनेछ । यस्तै कार्निभलमा क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

देशभरीबाट अहिलेसम्म ३ सय जनाभन्दा बढिले ट्यालेन्ट हण्टको लागि नामवली दर्ता गराएका छन् । ट्यालेन्ट हण्टमा करिब ५ सय जना खेलाडीको सहभागिता हुने एकेडेमीले जनाएको छ । ट्यालेन्ट हण्टबाट उत्कृष्ट १० जना खेलाडीलाई छनोट गरी एक वर्षका लागि निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगितामा सामेल गराउने उद्देश्य रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्ने कार्निभलमा ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्‍याउने एकजना व्यक्तित्वलाई यसबर्ष देखि ‘मदन भण्डारी क्रिकेट अवार्ड’ ले सम्मान गर्दैछ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.