default_image

8 years ago

January 20, 2018

सन्दिप आइपिएल अक्सनमा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लेग स्पिनर सन्दिप लामिछाने भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आइपिएल) को अक्सनमा परेका छन् । आइपिएलले सार्वजनिक गरेको ५ सय ७८ खेलाडीको सूचीमा सन्दीप पनि परेका हुन् ।

जनवरी २७ र २८ मा हुने आईपिएल अक्सनमा ३ सय ६० भारतिय खेलाडी समावेश छन् । प्रारम्भिक १ हजार १ सय २२ खेलाडीको सूचीलाई घटाएर आइपिएलले तयार पारेको ४ सय ७८ खेलाडीमा सन्दिप पनि परेका हुन् ।

क्रिकइन्फोले जनाए अनुसार सन्दिप १ हजार १ सय २२ सूचीबाट फ्रेनचाइजले सिफारिस गरेको ९ खेलाडी मध्ये एक खेलाडी हुन् । यो आइपिएलको ११ औं सिजन हो जसमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सन्दिपलाई ८ मध्ये कुनै पनि टोलीले खरिद गरेमा उनले आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुने छन् । । उनको बेस प्राइस २० लाख भारतीय रुपैंया रहनेछ ।

sandeep IPL List

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.