8 years ago
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ ।
सिपिएलले जनाए अनुसार कुल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । त्यस्तै इङ्ल्यान्ड, दक्षिण अफ्रीका, न्यू जिल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, जिम्बावे, अफगानिस्तान, आयरल्यान्ड, क्यानाडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि छन् ,’ सिपिएलको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्तिमा नेपालको कति वा कुन खेलाडीले नाम दर्ता गरेको सार्वजनिक नभएपनि सन्दीपको नाम रहेको भने बुझिएको छ । ‘ठोस जानकारी नभएपनि सन्दीपको नाम नै दर्ता भएको हुनुपर्छ । उनको पाकिस्तानी एजेन्ट हाल वेस्ट इन्डिजमा रहेकाले एजेन्टले सन्दीपको नाम दर्ता गरेको हुनुपर्छ ,’ राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रम सिवाकोटीले हाम्रो खेलकुदलाई भने, ‘यस बारे पूर्ण जानकारी आउन भने बाँकी छ । ‘
सन्दीप यसअघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा पनि परेका थिए भने आउँदो इन्डियन प्रिमियर लिग आइपिएलका लागि उनी दिल्ली डेयरडेबिल्ससँग आबद्ध छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]