8 years ago
April 4, 2018
धनगढी (हाम्रो खेलकुद) – लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतक पुरा गरेपछि बुधबारको पहिलो खेलमा पहिले विराटनगर किङ्सले रुपन्देहीविरुद्ध १ सय ८१ रन बनाएको छ ।
टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर त्यो स्कोर खडा गरेको हो । बाबरले ३५ बलको सामना गर्दै ५८ रनको बनाएका थिए । उनले ४ छक्का र ४ चौका प्रहार गरे । ओपनर दीलिप नाथले ४३ रन जोडे । ३७ बलको सामना गरेका उनले १ छक्का र ६ चौका प्रहार गरे ।
अर्का ओपनर अनिल कुमार साहले २५ बलमा ३ चौका र ३ छक्को मदतमा ३६ रन बनाए । कप्तान पारस खड्का २२ रन रदसौरभ खनाल १७ रनमा नटआउट रहे । रुपेन्देहीका सुफायन मुहम्मदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १ विकेट लिए ।
यो खेलमा पनि पराजय बेहोरे शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स प्रतियोगिताको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । विराटनगरले खेल आफ्नो पक्षमा पारे प्ले अफ सम्भावना जीवितै राख्नेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]