8 years ago
April 5, 2018
अमृत चिमरिया
हेटौंडा – क्रिकेट मैदान निर्माणका लागि भन्दै विभिन्न जिल्लाको यात्रामा निस्केका धुर्मस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल (धुर्मुस) बुधबार मकवानपुर पुगेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको प्रस्तावित केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट मैदान अवलोकनका लागि कट्टेल प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा त्यहाँमा पुगेका थिए ।
मुख्यमन्त्री पौडेलले क्रिकेट मैदान लागि निकै चासो व्यक्त गरेको अवस्थामा धुर्मुससहितको टोलीलाई प्रतिष्ठान क्षेत्रमा अवलोकन गरेका हुन् । अवलोकनपछि मूख्यमन्त्री पौडेलले रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानमा लागेको उल्लेख गर्दै धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट मैदानका लागि जग्गा उपलव्ध गराउन तयार रहेको बताए ।
२३ विगाह क्षेत्रफलमा फैलिएको प्रतिष्ठानको रुपमा विकास गरी सबै खाले विधाका खेलका प्रतियोगिता र अभ्यास संचालन गर्ने लक्ष्य सरकारले निर्माण कार्य अघि बढाएको छ । प्रतिष्ठानमा क्रिकेट मैदान पनि प्रस्तावित रहेकोले धुर्मुस सुन्तली फाउन्डेसन जग्गा उपलव्ध कुनै कठिनाई नहुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
कट्टेले भौगोलिक हिसावले मैदानका लागि जग्गा उपयुक्त रहेको भन्दै आईसिसीको मापदण्ड अनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिए काम अघि बढाउने बताए । अनुगमनमा धुर्मुस, कुमार कट्टेल (जग्री) , हास्य कलाकार मनोज गजुरेल सहितको टोली रहेको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]