8 years ago
April 5, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको आजको पहिलो खेलमा लगातार दुई खेलमा जित हात पारिसकेको विराटनगर किङ्सले टिम चौराहा धनगढीलाई १ सय २८ रनको लक्ष्य दिएको छ। चौराहाका कप्तान सोमपाल कामीले टस जित्दै बिराटनगर किङ्सलाई ब्याटिंग गर्ने निम्तो दिएका थिए ।
प्रतियोगितामा विराटनगरले २ खेल खेल्दै १ मा जित हात पारेको छ भने चौराहाको ३ खेलमा २ जित रहेको छ । आज जित हासिल गरेको खण्डमा चौराहाको अर्को चरणमा प्रवेश गर्ने सम्भावना प्रबल हुनेछ।
टस हारेर ब्याटिङमा उत्रेको बिराटनगरले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय २७ रनको स्कोर खडा गरेको हो । इनिंगको दोस्रो ओभरमै १० रनको स्थितिमा दिलिप नाथलाई व्यक्तिगत ४ रनमै गुमाएको विराटनगरका अर्का ओपनर अनिल शाह र बाबर हयातले १९ बलमै ३१ रनको साझेदारी गर्दा ठुलो स्कोर खाडा गर्ने संकेत देखाए पनि त्यसपछि निरन्तर विकेट गुमाउँदा दवावमा देखिएको थियो।
अनिल शाहलाई व्यक्तिगत २४ रनमा गुमाएको विराटनगरले अर्को १४ रन बनाउदा हायात, पृथु बास्कोटा र कप्तान पारस खड्कालाई गुमाएको थियो । हायातले १५, पृथुले ३ तथा परासले २ रन प्रहार गरे । चौराहाका लागि पहिलो ५ मध्ये ४ विकेट सुनिल धमलाले लिएका थिए । त्यस पछि ब्याटिङ् गर्न आएका पवन सराफले टिमका लागि सर्वाधिक ४१ रन प्रहार गरेका थिए ।
विराटनगर किङ्सका लागि अन्य ब्याट्सम्यानहरु शुभम कामतले १८, अमित श्रेष्ठले ६, सौरभ खनालले १ र वसन्त रेग्मीले ६ रन प्रहार गरे भने राम नरेश गिरी १ रन प्रहार गर्दै नटआउट रहे । टिम चौराहा धनगढ़ीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र कप्तान सोमपाल कामीले २-२ तथा ललित सिंह भण्डारी र संसद शेखले १-१ विकेट हात परेका थिए।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]