8 years ago
April 7, 2018
मुम्बई (एजेन्सी)– इन्डियन प्रिमियर लिगको ११ औं संस्करण शनिबारबाट सुरु हुँदै छ । आइपिएलको नामले परिचित व्यवसायिक क्रिकेट सन् २००७ मा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले सुरु गरेको थियो । यो सिजन आज सुरु भएर मे २७ सम्म चल्ने छ । आइपिएल टि ट्वान्टी फर्म्याटमा हुनेछ ।
दुई वर्षको प्रतिबन्धमा रहेको चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स यो सिजन आइपिएलमा फर्केका छन् । मालिकहरु नै स्पट फिक्सिङमा सामेल भएको अभियोगमा चेन्नई र राजस्थानलाई दुई वर्षको प्रतिबन्ध लागेको थियो । यसपटक आइपिएलको उद्घाटन खेल साविक विजेता मुम्बई इन्डियन्स र दुई पटकको विजेता रहि सकेको चेन्नईबीच हुनेछ ।
खेल स्थानिय समय अनुसार साँझ ८ बजे मुम्बईस्थित वानखडे मैदानमा सुरु हुनेछ । मुम्बईले सन् २०१३, २०१५ र गत सिजन आइपिएल जितेको थियो । चेन्नई २०१० र २०११ को विजेता हो । चेन्नई भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा उत्रनेछ ।
यसपटकको आइपिएलमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीले एक अर्कासँग होम र अवेका आधारमा दुई पटक खेल्नेछन् । डबल राउन्ड रोविनपछि अंकका आधारमा शीर्ष ४ मा पर्ने टोली प्ले अफका लागि छनोट हुनेछन् । प्ले अफमा अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै तेस्रो र चौथोबीच इलिमिनेटर खेल हुनेछ हुनेछ । पहिलो र दोस्रोबीचको प्रतिस्पर्धाको विजेता स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने फाइनल प्रवेशका लागि अर्को एउटा मौका पाउनेछ । त्यो टोलीले र इलिमिनेटरको विजेताबीच पुनः प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता दोस्रो टोलीका रुपमा फाइनल पुग्नेछ । यसपटकको आइपिएलका लागि १० वटा मैदानमा प्रयोग हुनेछन् । उद्घाटन हुने मैदान मुम्बईको वानखडेमै फाइनल हुनेछ ।
चेन्नई र मुम्बईसहित आइपिएलमा दिल्ली डेयर डेभिल्स, किङ्स ११ पन्जाब, कोलकाता नाइट राइडर्स, राजस्थान, रोयल च्यालेन्सर्ज बंगलोर र सनराइजर्स हैदरावाद रहेका छन् । यसपटक नेपाली समर्थकले आइपिएल पहिले भन्दा पनि बढी पछ्याउने सम्भावना छ ।
जसको कारण हुन् नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने रहेका छन् । उनी २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आबद्ध भएका छन् । रिकी पोटिङले सबै खेलाडीले खेल्ने सम्भावना उत्तिकै रहेको बताएपछि सन्दीपले खेल्ने पाउने अपेक्षा गरिएको छ । दिल्लीले आइतबार पञ्जाबसँग प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]