default_image

8 years ago

April 8, 2018

आइपिएल –चेन्नईको सनसनीपूर्ण जित, सन्दीपको टोली आज खेल्दै

135 views

0 Bookmark

मुम्बई (एजेन्सी) – चेन्नई सुपर किङ्सले सनसनीपूर्ण जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुआत गरेको छ । शनिबार भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले साविक बिजेता मुम्बई इन्डियन्सलाई १ विकेटले हराएको छ ।

Chennai

खेलको नायक रहे ड्वायन ब्राभो । दबाबका बीच उनले अर्धशतक बनाउँदै चेन्नईको जितको आधार तयार पारेका थिए । १ सय ६६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा १ बल बाँकी रहेको अवस्थामा ९ विकेटको क्षतिमा १ सय ६९ रन जोडेको थियो । एक समय ५१ रन बनाउँदा ४ विकेट गुमाइसकेको चेन्नईका लागि जित असम्भव जस्तै देखिएको थियो ।

तर ब्राभोले ३० बलमा ७ छक्का र ३ चौका प्रहाररका साथ ६८ रन जोडेपछि चेन्नई जिततर्फ अघि बढेको थियो । टोलीका केदार जादबले अविजित २४, अम्बाती रायडुले २२ तथा सेन वाट्सनले १६ रन जोडे । रविन्द्र जडेजाले १२ रन बनाउँदा धोनी र सुरेश रैनाले समान ४ ताथ हरभजन सिंहले ८ रन बनाए । इमरान ताहिर २ रनमा अविजित रहे । मुम्बईका मायांक मार्कन्डे र हार्दिक पाण्डयले समान ३ विकेट लिए ।

त्ययसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो । सामूहिक प्रदर्शन गर्ने क्रममा टोलीका लागि सूर्य कुमार यादवले ४३, कुर्नाल पाण्डयले अविजित ४१ , इशान खानले ४०, हार्दिक पाण्डयले अविजित २२ तथा कप्तान रोहित शर्माले १५ रन बनाएका थिए । चेन्नईका लागि शेन वाट्सनले २ विकेट लिए ।

आठ टोलीको सहभागिता रहेको आइपिएलको दोस्रो दिनआइतबार दुई खेल हुनेछन् । किङ्स ११ पञ्जाब र दिल्ली डेयर डेभिल्सबीच मोहालीमा तथा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच कोलकातामा प्रतिस्पर्धा हुनेछ । दिल्लीमा आबद्ध नेपाली बलर सन्दीप लामिछानेले आज खेल्ने अपेक्षा गरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.