8 years ago
April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ अन्तर्गतको लिग चरणको आइतबारका लागि तय भएको महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल रद्द भएको छ ।
एसएसपी मैदानमा आइतबार लिग चरणको खेलको अन्तिम खेल हुने तालिका थियो । तर, शनिबार राति र आइतबार बिहानैको वर्षाले मैदान हिलाम्य बनेपछि पहिलो खेल शुरु गर्न नसकिएको आयोजकले जनाएको छ । खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाडेका छन् ।
यससँगै काठमाडौं ५ खेलमा ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ । प्रतियोगिता अन्र्तगत आज दोस्रो खेलमा विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच खेल हुनेछ । उक्त खेलको विजेता टोली प्लेअफमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
विराटनगरको ४ तथा अत्तरियाको ३ अंक छ । खेल शुरु नभई अंक बाँडिने अवस्था आएमा विराटनगर ५ अंकका साथ प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ । अत्तरिया प्रतियोगिताबाट बाहिरिनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]