8 years ago
April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले जितका लागि ६ ओभरमा लक्ष्य ५६ रनको पाएको छ । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो ।
एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । अनिल कमल सिंह ऐरीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । अर्का ओपनर ब्याट्सम्यान बाबार हायात १४ रनमा आउट भए । बाबार दोस्रो ओभरमा शुभांकर उराओको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । कप्तान पारस खड्का ९ रनमा आउट भए ।
दीलिप नाथ १५ रनमा नटआउट रहे । ९ बल खेलेका दीलिपनाथले १ छक्का र १ चौका प्रहार गरे । पवर्न सर्राफ रनमा क्रिजमा रहे । अत्तरियाका कमलसिंह ऐरीले २ तथा शुभांकर उराओले १ विकेट लिए । यो खेलमा जित हात पार्ने टोली प्ले अफमा प्रवेश गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]