8 years ago
April 9, 2018
हैदारावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले ९ विकेटको सहज जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) को सुरुवात गरेको छ । सोमबार राजस्थान रोयल्सले छाडेको १ सय २६ रनको लक्ष्यलाई हैदरावादले १५.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २७ रन जोड्दै सहज जित हासिल गरेको थियो ।
दोस्रो विकेटका लागि शिखर धवन र काने विलिम्सनले १ सय २१ रनको साझेदारी गरेपछि आफ्नो पहिलो खेल जित्न हैदरावादलाई सहज रह्यो । ओपनर शिखर धवनले अर्धशतक पुरा गरे भने विलियम्सनले अविजित ३६ रन जोडे । ५७ बल खेलेका शिखरले १३ चौका र १ छक्काका साथ अविजित ७७ रन जोडे । विलियम्सनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको राजस्थानले सञ्जु सिमसोनको सर्वाधिक ४९ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रनको मध्यम स्कोर खडा गरेको थियो । हैदरावादका लागि सकिब अल हसन र सिद्धार्थ काउलले समान २ विकेट लिएका थिए ।
राजस्थानका लागि राहुल त्रिपाठीले १७, श्रेयस गोपालले १८ र ओपन अजिन्के रहाणेले १३ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आइपिएलमा मंगलबार चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुवैले आ आफ्नो पहिलो खेल जितेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]