8 years ago
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।
महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो । अत्तरियाका सुवास खकुरेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन । विपीन चन्द्रा २८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २७ रनमा आउट भए । दीपेन्द्र र विपीनले चौथो विकेटका् लागि ५० रनको साझेदारी गर्दै इनिङ्स उकासेपनि टिमलाई जिताउन सकेनन् ।
मध्यम शुरुवात गरेको अत्तरियाले सुवास र गौरव चितकारा ले ५.४ ओभरमा दोस्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । २५ बल खेलेका सुवासले १ छक्कार २ चौकाको मद्दतमा ३० रन बनाए । गौरव चितकारा १४ रनमा आउट भए । प्रेम तामाङ ५ रनमा पभेलियन फर्किए । महेन्द्रनगरका रोविन क्षेत्रीले २ तथा भुवन कार्कीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो ।
पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । पुनित ६ रनमा आउट हुदा आरिफ ३५ रनमा आउट हुन पुगेका थिए । आसिफ शेख ११ रनमा आउट भए । रोहित कुमार पौडेल ११ रनमा आउट भए । पुनित मेहरा रनमा २६ रनमा आउट भए । प्रनित थापा मगर ५ रनमा आउट भए । करण केसी रनमा अविजित रहे । करणले १३ बलमा १ छक्का र ३ चौका प्रहार गरे ।
अत्तरियाका कमल सिंह ऐरीले २ विकेट लिए । कृष्ण कार्की, शुभांकर उराओ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्राले समान १ विकेट लिए । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्नेछ । खेल बुधबार हुनेछ । काठमाडौं गोल्डेन्स मंगलबारै घरेलु टोली टिम चौराहासँग १ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]