8 years ago
April 11, 2018
चेन्नई (एजेन्सी)– चार सय भन्दा बढी रन बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ । आइपिएलमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा चेन्नईले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराएको छ ।
२ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले घरेलु मैदानमा समूहिक प्रदर्शनमार्फत २० ओभरको अन्तिम बलअघि ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्दै जित हासिल गरेको हो । शेन वाट्सन र अम्बाटी रायडुले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेपछि अघि बढेको इनिङलाई रविन्द्र जडेजा र ड्वाने ब्राभोले समान ११ रनमा अविजित रहँदै टुंगाएका थिए ।
ब्राभोले ५ बलमा १ छक्का र जडेजाले ७ बलमा १ छक्का प्हार गरे । जडेजाले छक्कासहित टोलीको जित पक्का गरेका थिए । साम बिलियङ्स र कप्तान महेन्द्र सिंह धोनीले मध्यक्रम सम्हाल्दै टोलीलाई उकासेका थिए । २३ बल खेलेका बिलिङ्सले अर्धशतक पुरा गरे । ५ छक्का र २ चोका साथ उनले ५६ रन जोडे । धोनीले २८ बलमा २५ रन जोडे । कोलकाकाताका टोम कुराले २, पियुष चावला, सुनिल नारिन र कुलदीपक यादवले समान १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ निम्तो पाएको कोलकाताले आन्द्रे रसेलको सानदार ब्याटिङसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । सातौं नम्बरमा ब्याटिङ गरेका रसेलले अविजित ८८ रनको योगदान गरेका थिए । ३६ बल खेलेका उनले ११ छक्का र १ चौका प्रहार गरे ।
त्यसअघि ओपनर क्रिकेट गेलले २२ र अर्का ओपन सुनिल नारिनले १२ रन जोडे । रविन उथप्पाले २९, दीनेश कार्तिकले २६ र नितिश राणाले १६ रन बनाए । चेन्नईका शेन वाट्सनले २ तथा दीपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र सर्दुल ठाकुरले समान १ विकेट लिए । आइपिएलमा बुधबार राजस्थान रोयल्स र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]