default_image

8 years ago

April 11, 2018

डिपिएल २ – फाइनल प्रवेशको लागि काठमाडौँ र महेन्द्रनगर भिड्दै

127 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ  ।

समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ विकेटले पराजित भएपछि फाइनल प्रवेशको लागि एलिमिनेटरको बिजेता महेन्द्रनगर युनाइटेडसँग भिड्ने भएको हो । प्रतियोगितामा काठमाडौँका लागि पछिल्लो दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा लय गुमाएका कप्तान ज्ञानेन्द्र मल्ल लयमा फर्कदै प्रतियोगिताकै सर्वाधिक १९२ रन प्रहार गरेका छन् भने उदयीमान युवा फास्ट बलर रशिद खानले प्रतियोगिताकै सर्वाधिक ११ विकेट लिएका छन् ।

समुह चरणमा तेस्रो हुदै एलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेको महेन्द्रनगर युनाइटेडले फाइनल प्रवेशको लागि क्वालिफायरमा पराजित टोली काठमाडौँ गोल्डेन्ससँग खेल्ने पक्का भएको हो । महेन्द्रनगरका लागि प्रतियोगितामा भारतीय खेलाडी पुनित बिष्टले सर्वाधिक १२० रन प्रहार गरेका छन् भने ३ खेल खेलेका अभिनाश कर्णले सर्वाधिक ५ विकेट लिएका छन् ।

समूह चरणमा यि दुई टोली बीचको खेल बर्षातले गर्दा जमेको पानीका कारण रद्द भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.