default_image

8 years ago

April 12, 2018

आइपिएलमा राजस्थान रोयल्सको जित, सन्दीपले फेरि मौका पाएनन्

155 views

0 Bookmark

जयपुर (एजेन्सी)– वर्षाले प्रभावित इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा राजस्थान रोयल विजयी भएको छ । डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । राजस्थानले पुरा २० ओभर नखेल्दै वर्षा भएको थियो । वर्षा रोकिएपछि डिएलका आधारमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।

तर, दिल्लीले ६ ओभरमा ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । टोलीका लागि क्रिस मोरिसले अविजित १७ रन जाडे भने ओपनर ग्लेन म्याक्सवेलले पनि १७ रन बनाए । रिसव पन्तले २० रन थपे । राजस्थानका बेन लौगलिनले २ विकेट लिए ।

त्यसअघि राजस्थानका लागि कप्तान अजिन्के रहानेले ४५ रन बनाए भने सन्जु समसनले ३७ रन जोडे । त्यस्तै जोस बटलरले २९, बेन स्टोक्सले १६, राहुल त्रिपाठीले अविजित १५ रन बनाए । दिल्लीका लागि सहबाज नदिमले २ तथा ट्रेन बोल्ट र मोहम्मद सामीले समान १ विकेट लिएका थिए ।

नेपाली बलर सन्दीपले दिल्लीको दोस्रो खेलमा पनि मौका पाएनन् । दिल्ली लगातार दोस्रो खेलमा  पराजित हुँदा राजस्थानले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको छ । आइपिएलमा बिहीबार सनराइजर्स हैदरवाद र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.