8 years ago
April 12, 2018
धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले रुस्लान डिपिएल–२ को दोस्रो क्वालिफायरमा जितको लागि १ सय ४३ रनको लक्ष्य पाएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा बिहिबार भएको खेलमा महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पार्यो ।
खराव शुरुवात गरेको महेन्द्रनगर युनाइटेडले १० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको थियो । तर, क्रिजमा रहेका पुनित मेहरा र आसिफ शेखले सातौ विकेटको लागि ८५ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । महेन्द्रनगरका विनोद भण्डारी, आसिफ शेख, हरिशंकर शाह, रोहित कुमार पौडेल र भुवन कार्कीले रनको खात नै खोल्न सकेनन् । पुनित विष्ट ७ रनमा आउट भए । आसिफ शेख ४३ रनमा आउट भए । ३९ बल खेलेका आसिफले १ छक्का र ४ चौका प्रहार गरे । पुनित मेहरा ५८ रनमा आउट रहे ।
४२ बल खेलेका पुनितले ४ छक्का र ४ छक्का प्रहार गरे । १२ बलमा करण २ छक्काको मद्दतमा २१ रन बनाएर आउट भए । बलिङमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आफ्नो स्पेलको ४ ओभरमा सन्नीले उत्कृष्ट बलिङको नमुना पेश गर्दै महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । सन्नीले ४ ओभरमा १० रन खर्चदै १ मेडनसहित महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् ।
पहिलो ओभरको दोस्रो बलमै ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई एलबिडब्लुको शिकार बनाएका थिए । तेस्रो ओभरको पहिलो बलमा आसिफ शेख र अन्तिम बलमा हरिशंकर शाहलाई आउट गरेका थिए । सन्नीले पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट, पाँचौ ओभरमा रोहित कुमार पौडेल र अन्तिम बलमा भुवन कार्कीलाई आउट गरेका थिए ।
पटेल ७ खेलबाट १२ विकेट लिएर सर्वाधिक विकेट लिनेको शीर्षस्थानमा रहेका छन् । पुष्प थापा र सुवोध भाटीले १ विकेट लिए । काठमाडौंले केहीबेरमा ब्याटिङ थाल्नेछ । यो खेलमा जित हात पार्ने टिमले टिम चौराहा धनगढीसँग उपाधिका लागि खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]