8 years ago
April 25, 2018
कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी पाण्डा इभेन्टस् को स्वामित्वमा रहेको दंगाली गोर्खाजले जितेको छ । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा रोल्पा गोरिल्लाजलाई ८ विकेटले पराजित गर्दै दंगालीले उपाधी आत्मसात गरेको हो। उपाधी सहित गोर्खाजले नगद १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने गोरिल्लाजले नगद ६० हजार रुपैयाँ प्राप्त गर्यो ।
फाइनल खेलमा टस जित्दै ब्याटिङ् गर्ने निर्णय गरेको गोरिल्लाजले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउंदै ८९ रन मात्र जोड्न सक्यो । एक समय ३३ रनको स्तितिमा ८ विकट गुमाइसकेको गोरिल्लाजका लागि अन्तिमका ब्याट्सम्यानहरुले गतिलो योगदान दिएका थिए । गोरिल्लाजको नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गरे भने दशौं विकेटका लागि रोशन शाह र मेराज अन्सारीले २१ रनको साझेदारी गरेका थिए । शेर ओलीले १४ रन, रोशन शाहले ३५ रन तथा मिराज अन्सारीले ७ रनको प्रहार गरे ।
गोरिल्लाजका अन्य ब्याट्सम्यानहरु कप्तान सौरभ खनालले ३, रमेश सिंहले १, आकाश थापाले ५ , नन्दन यादबले १०, समसुद्दिन अन्सारीले ४, भिम सार्कीले ३ र बसन्त कार्कीले ४ रनको योगदान गरे । उत्कृष्ट बलिङ् गरेको दंगालीका लागि अनिल खरेलले ३, कप्तान सन्दिप सुनारले २ तथा बिष्णु कटरिया, हरि क्षेत्री, शहिद अन्सारी र सगर ढकालले समान १-१ विकेट लिए ।
९० रनको निम्न विजयी लक्ष्य लिएर ब्याटिङ् मा उत्रेको दंगाली गोर्खाजले ८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दंगालीका लागि फाइनलमा म्यान अफ द म्याच घोषित सन्दिप सुनारले सर्वाधिक ४६ रन, मनोज सुनारले १० रन प्रहार गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी एबरोल टी एम टी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल उत्कृष्ट ब्याट्सम्यान र एनआईसि एसिया दंगाली गोर्खाजका साहिद अन्सारी उत्कृष्ट बलर घोषित भए। यस्तै उदयमान खेलाडी एन आई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन पाल्पा योद्धाजका सिद्धान्त राज शाही र आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज फेयर प्लेयिंग टिम घोषित भयो।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]