8 years ago
April 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा प्रदेश नम्वर ४ लाई १ सय ५ रनको भारी रन अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । ७ नम्वर प्रदेशले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको प्रदेश नम्वर ४ निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर ८१ रनमात्र बनाउन सक्यो । उसका लागि अनित बराले १६ रन बनाए । रोशनकान्त न्यौपानेले १४ तथा सोहेल कुवँरले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।
प्रदेश ७ का नरेन्द्र सावद, र राहुल भण्डारीले २ विकेट लिए । गजेन्द्र सिहं बोहरा, मनोज लोथ्याल र सुवास ऐरले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ७ नम्वर प्रदेशले २५ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ८६ रन बनायो । खराव शुरुवात गरेपनि प्रदेश नम्वर ७ को इनिङ्स विनोद खत्री र नरेन्द्र सावतले सम्हाले । विनोदले ८० रन जोडे । नरेन्द्रले ४६ रन बनाए । राहुल भण्डारीले १२ रन बनाए । ४० रन अतिरिक्त पाएको थियो । अन्य ब्याट्सम्यान खराव प्रदर्शन गर्यो । ४ नम्वर प्रदेशका किसन पौडेलले ४ तथा मेखबहादुर सेनले ३ विकेट हात पारेका थिए । किरण पौडेल र सचिन अधिकारीले समान १ विकेट लिए । हारसँगै समूहमा १ खेल बाँकी रहँदा प्रदेश नम्वर ४ प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबारै भएको अर्काे खेलमा प्रदेश नम्वर ६ ले प्रदेश नम्वर ३ माथि ७ विकेटको सहज जित निकालेको छ । प्रदेश नम्वर ३ ले दिएको १ सय १४ रनको सामान्य लक्ष्य प्रदेश नम्वर ६ ले १५ ओभर ५ लमा ३ विकेट गुमाएर पूरा ग¥यो । प्रकाश जैसीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । दिनेश पुनले ४५ रन बनाए । सुवास कार्की, दीपक बोहरा र गौरव कटवालले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्वर ३ ले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो । उसका लागि प्रियान्सु श्रेष्ठले नटआउट ३८ रनको यागदान दिए । सुशान्त कार्कीले २३ रन बनाए । फरिद खानले १३ तथा आशिष भट्टराईले १० रन बनाए । प्रदेश ३ का सुरज बुढाथोकीले २ विकेट लिए । प्रणम भँडेल, प्रकाश जैसी र सन्दिप जंग शाहीले समान १ विकेट लिए ।
प्रतियोगिता अन्र्तगत आइतबार प्रदेश नम्वर ६ र प्रदेश नम्वर १ तथा प्रदेश नम्वर २ र प्रदेश नम्वर ५ बीच खेल हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]