default_image

8 years ago

April 30, 2018

दिल्लीलाई २ सय १२ रनको लक्ष्य, सन्दीप आठौं खेलमा पनि बाहिर

162 views

0 Bookmark

पुेन (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली डेयर डेभिल्सलाई २ सय १२ रनको विजय लक्ष्य दिएको छ । शेन वाट्सनको अर्धशतक, अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक पारीपछि चेन्नई सुपर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईका लागि वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि १ सय २ रन जोड्दै मजबुद सुरुवात दिलाएका थिए । वाट्सनले ४० बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । डु प्लिसिसले ३३ बल खेल्दै ३ चौका र १ छक्कासहित ३३ रन जोडे ।

अघिल्लो खेलमा अर्धशतक बनाएका सुरेश रैना १ रनमै आउट भएपनि कप्तान धोनी र अम्बाटी रायडुले पारीलाई अघि बढाएका थिए । धोनीले अर्धशतक पुरा गरे भने रनआउट भएका रायडुले ४१ रन जोडे । २२ बल खेलेका धोनीले ५ छक्का र २ चौकाका साथ अविजित ५१ रन बटुले । २४ बलमा रायडुले ५ चौका र १ छक्का प्रहार गरे ।

नेपाली बलर सन्दीप लामिछाने आबद्ध दिल्लीका लागि अमित मिश्रा, विजय सरकार र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए । सन्दीपले टोलीको आठौं खेलमा पनि मौका पाएनन् । यसअघिका ७ मध्ये ५ खेल जितेको चेन्नई १० अंकसहित दोस्रो स्थानमा छ । त्यत्तिनै खेलमा २ खेल मात्र जितेको दिल्ली ४ अंकसहित पुछारमा छ । १२ अंकसहित सनराइजर्स हैदराबाद शीर्षस्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.