8 years ago
May 3, 2018
दिल्ली (एजेन्सी) – वर्षाले प्रभावित खेलमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको अंक तालिकामामाथि उक्लेको छ। नेपालका यूवा स्पिनर सन्दीप लामिछानेलले दिल्लीको नवौं खेलमा पनि खेल्ने अवसर पाएनन्।
दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो। १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर र ऋषभ पन्तको अर्धशतकको मद्दतमा दिल्लीले ६ विकेट गुमाउँदै १ सय ९६ रन बनायो। पन्तले ६९ र ऐयरले ५० रन प्रहार गरे भने प्रिथिभी शाहले पनि ४७ रनको योगदान दिए।
१२ ओभरमा छोट्याईएको खेलमा पाएको १ सय ५१ रनको लक्ष्यलाई पछ्याउने क्रममा रोयल्सले ५ विकेट गुमाउँदै १ सय ४६ रन बनायो। ड्याकर्शी शर्टले ४४ तथा जोस बटलरले ६७ रन बनाएपनि त्यो पर्याप्त रहेन।
दिल्ली ९ खेलमा ३ जित सहित छैटौं स्थानमा उक्लेको छ। राजस्थान भने साथौँ स्थानमा झरेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]