10 years ago
January 28, 2016
भैरहवा, १३ माघ
करैया क्रीकेट क्लव करैया रुपन्देहीलाई ७ बिकेटले हराउदै लुम्विनी खुकुरी क्लव भैरहवामा जारी बुम रेमीट्यान्स सुपरलिग क्रीकेटको समुह एबाट सेमीफाईनलमा पुगेको छ । यस अघीको पहीलो चरणमा बुटवल युथ क्लवलाई हराएको खुकुरी क्लव बुधवार करैयालाई पछि पार्दै सेमीफाईनलमा पुगेको हो ।

भैरहवा स्थित शिद्धार्थरगं सालामा जारी खेलमा टस जितेर ब्याटीन रोजेको करैया १८ दसमलव २ ओभरमा सवै बिकेट गुमाउदै ४८ रनमा सीमीत रह्यो । प्रति उत्तरमा खुकुरी क्लवले ७ दसमलव २ ओभरमा ३ बिकेटको क्षतीमा ५० रन बनाउदै जित हात परेको हो । खुकुरीकोलागी अन्तीम थापाले १८ र बिजय सुनारले १५ रनको योगदान दिए । भने करैयाका सन्तोस क्षेत्री २ र निसान्त सर्माले खुकुरीको १ बिकेट लिए । यता खुकुरीका दिपेन्द्र यादव र दुर्गेस गुप्ताले ३/३, लाल बहादुर अधीकारीले २ र मानबहादुर थापाले १ बिकेट लिएका थिए । खेलको म्यान अफदी म्याच खुकरीका दिपेन्द्र यादव घोषित भएको आयोजक संस्था रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । बिहीबार तिरुपति क्लव र न्यु होराईजन क्रीकेट क्लव बुटवल बिच प्रतिस्पर्धा हुने छ । रुपन्देही क्रीकेट सघंका अध्यक्ष प्रसान्त बिक्रम मल्लले जानकारी दिए । सुपरलिगको फाईनल माघ २६ मा हुने छ । फाईनमा बिजयी हुने टिमले नगद ३० हजार सहीत ट्रफी तथा उपबीजेताले नगद १५ हजार सहीत ट्रफी र उत्कृष्ट खेलाडीले नगद पाचँ हजार पुरस्कार पाउने सघंका अध्यक्ष मल्लले बताए । जिल्ला स्तरीय सुपरलिग रुपन्देही क्रीकेट सघंले २०५३ साल देखी गराउदै आएको छ ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]