8 years ago
May 5, 2018
इन्दोर (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित दर्ता गरेको छ । किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराउँदै मुम्बईले तेस्रो जित हासिल गरेको हो । जितसँगै मुम्बई पाँचौं स्थानमा उक्लेको छ भने पञ्जाब चौथो स्थानमा छ ।
१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले सूर्यकुमार यादवको अर्धशतकसँगै ६ बल अघि ४ विकेटको क्षेतिमा १ सय ७६ रन जोडेको थियो । सूर्यकुमारले ४२ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाएका थिए ।
इशान किशनले २५, हार्दिक पाण्डेयले २३, इभान लेविसले १० रन जोडे । कप्तान रोहित शर्मा २४ र कुर्नाल पाण्डेय ३१ रनमा अविजित रहे । १५ बल खेलेका रोहितले २ छक्का र १ चौका तथा कुर्नालले ४ चौका र २ चौका प्रहार गरे । पञ्जाबका लागि मुजिब उर रहमानले २, एन्ड्रियू टे र मार्कुस स्टोनिसले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । राहुलले २० बलमा २ छक्का र १ चौकासहित २४ रन जोडे ।
गेलले ४० बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बटुले । युवराज सिंहले १४, करुण नायरले २३, अक्षर पटेलले १३ र मंयक अग्रवालले ११ रन जोडे । मार्कुस स्टोनिसले अविजित अविजित २९ रन बटुले । १५ बल खेलेका मार्कुले २ छक्का र २ चौका प्रहार गरे । मुम्बईका लागि मिचेल म्याक्लिघान, जसप्रिस सिंह, हार्दिक पाण्डेय, मंयक मार्केन्डे, र बेन कटिङले समान १ विकेट लिए ।
आइपिएलमा शनिबार दुई खेल हुनेछन् । चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर तथा अर्को खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]