8 years ago
May 5, 2018
पुने (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शिर्षस्थानमा उक्लिएको छ। अघिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएपछि अंक तालिकाको दोस्रो स्थानमा झरेको चेन्नई पुनः शिर्षस्थानमा फर्किएको हो।
चेन्नईले टस जित्दै फिल्डडिंग रोजेपछि पाएको १ सय २८ रनको लक्ष्य १८ ओभरमा ६ विकेट गुमाउँदै पार गर्यो। १८ औं ओभरमा तीन छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले चेन्नईको जितलाई सहज बनाए। धोनी यस प्रतियोगितामा उच्च लयमा देखिएका छन्। उनी ३१ रनमा नट आउट रहे। पहिलो विकेट १८ रनमा गुमाएपनि खेलको अधिकांश समयमा चेन्नईको नियन्त्रण रह्यो। अम्बाती रायडुले ३२ रन र सुरेश रैनाले २५ रन जोडे।
त्यसअघि बैंगलोरले पार्तिभ पटेलको ५३ रनमो मद्दतले ९ विकेट गुमाउँदै निर्धारित २० ओभरमा १ सय २७ रन बनायो। बैंगलोरका एबी डी भिलियर्सले पछिल्लो केही खेल गुमाएपछि यस खेलमा फर्किएपनि १ रन मात्र बनाउँदै पवेलियन फर्किए। उनलाई धोनीले हर्बजन सिंहको बलमा स्टमपिङ्ग गरेका थिए। चेन्नईका रभिन्द्र जाडेजाले सर्वाधिक ३ विकेट लिए।
यो पराजयसँगै बैंगलोर ९ खेलमा ३ जित सहित छैटौं स्थानमा रहेको छ। चेन्नई भने १० खेलमा १४ अंक सहित शिर्षस्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]