default_image

8 years ago

May 5, 2018

दिल्लीको प्लेअफ सम्भावना न्यून, सन्दीप मैदानबाहिरै सिमित

112 views

0 Bookmark

हैदराबाद (एजेन्सी) – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो ।

दिल्लीका लागि नेपालका युवा स्पिनर सन्दीप लामिछाने फेरी एकपटक बेन्चमै सिमित रहे । अोपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । हेल्सले ३१ बलमा समान ३-३ चौका र छक्कासहित ४५ रन जोडे । धवन ३० बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाउँदै पेभेलियन फर्किए । दुई अोपनर मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्याए । विलियमसनले नटअाउट ३२ तथा मनिषले २१ रन जोड्दै पेभेलियन फर्किए । तेस्रो विकेटका लागि यी दुईले  ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले १२ बलमा २-२ चौका र छक्कासहित नटअाउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० अोभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । फर्ममा रहेका युवा अोपनर पृथ्वी सअले अाक्रमक अर्धशतक बनाउने क्रममा ६५ रन जोडे । उनले ३६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस एेयरले ३६ बलमा ४२ रनको योगदान दिए ।

अन्त्यतिर विजय शंकरले १३ बलमा २३ रन जोडिजो स्कोर अगाडि बढेको थियो । ऋषभ पन्तले १४ रन जोडे भने गेलेन म्याक्सवेल २ ततानमन अोझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात पारे ।

लिगको १० खेलमा ३ जित दर्ता गरेको दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ ‌। सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.