default_image

8 years ago

May 11, 2018

हैदराबाद आइपिएल प्ले अफ पुग्ने पहिलो टोली, दिल्लीको अर्को हार

139 views

0 Bookmark

दिल्ली (एजेन्सी)– सनराइजर्स हैदराबाट इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । शिखर धवन र कप्तान काने विलियम्सनले दोस्रो विकेटका लागि अविजित १ सय ७६ रनको साझेदारी गरेपनि हैदराबादले आइपिएलमा बिहिबार दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ ।

यो जितसँगै हैदराबाद कम्तीमा चौथो स्थानमा रहने पक्का भएको छ । ११ खेलपछि हैदराबादको १८ अंक पुगेको छ । ११ खेलमा ८ हार पछि दिल्ली पुछारमा यथावत छ । १ सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.५ ओभरमा मात्र १ विकेट गुमाएर १ सय ९१ जित हासिल गरेको थियो ।

ओपनर शिखर धवनले ५० बलमा ९ चौका र ४ छक्काको मद्दतमा अविजित ९२ रन बनाएका थिए । कप्तान विलियम्सनले ५३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एलेक्स हाल्सले १४ रन जोडेका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले रिशव पन्तको अविजित शतकसँगै ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । रिशवको शतक भने छायाँमा परेको छ । रिशव एक्लैले अविजित १ सय २८ रन बनाएको खेलमा टोलीका लागि हर्सल पटेलले २४ र जासन रोयले ११ रन जोडे । ६३ बल खेलेका रिशवले १५ चौका र ७ छक्का प्रहार गरेका थिए ।

बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । आइपिएलमा दिल्ली डेयरडेभिल्सले ११ खेल खेल्दा पनि नेपाली बलर सन्दीप लामिछानेले मौका पाएका छैनन् । हैदराबादका सकिब अल हसनले २ र भूवनेश्वर कुमारले १ विकेट लिएका थिए । हैदराबादका शिखर खेलको म्यान अफ दी म्याच चुनिए । आइपिएलमा शुक्रबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.