8 years ago
May 21, 2018
पुन (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा गए राती चेन्नई सुपर किङ्सले किङ्स ११ पञ्जाबलाई ५ विकेटले हराएपछि राजस्थान रोयल्स प्ले अफमा पुगेको छ । प्ले अफको दाबेदार पञ्जाबले चेन्नईलाई फराकिलो अन्तरले हराउन सकेको भए राजस्थान बाहिरिने सम्भावना थियो । तर पञ्जाब आफै चेन्नाईसँग राजित भयो ।
चेन्नई, सनराइजर्स हैदाराबाद र कोलकाता नाइट राइजर्स यसअघि नै प्ले अफका लागि छनोट भइसकेका छन् । राजस्थानले १४ खेलबाट १४ अंक जोडेको थियो । पन्जाब १४ खेलबाट १२ अंकका साथ सातौं स्थानमा रह्यो । पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १९.१ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो । टोलीका लागि सुरेश रैनाले अविजित अर्धशतक पुरा गरे । उनले ४८ बलमा ४ चौका र २ छक्कासहित अविजित ६१ रन जोडे ।
दिपक चाहरले ३९ रन, हरभजन सिंहले १९ र कप्तान महेन्द्र पन्जाबका अंकित राजपुत र रविचन्द्र आश्विनले समान २ र मोहित शर्माले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । टोलीका लािग करुण नायरले अर्धशतक बनाए ।
२६ बल खेलेका नायरले ५ छक्का र ३ चौकासहित ५४ रनको योगदान गरे । तिवारीले ३५, डेभिड मिल्लरले २४ र अक्षर पटेलले १४ रन जाडे । चेन्नईका लुंगी नेग्दीले ४, ड्याने ब्राभो र सार्दुल ठाकुरले समान २, दीपक चाहर र रविन्द्र जडेजाले समान १ विकेट लिए । चेन्नईका नेग्दी म्यान अफ दी म्याच चुनिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]